काठमाडौं । एभरेस्ट कलर लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही वैशाख १६ गतेबाट कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूको लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
सो अनुसार कम्पनीले जारी पुँजीको ३० करोड रुपैैयाँको २६ दशमलव ३३ प्रतिशतका दरले हुन आउने सात करोड ९० लाख रुपैयाँ बराबरको सात लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति पाएको थियो । सो मध्येबाट कम्पनीले १० प्रतिशतका दरले हुन आउने सात ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेकाहरूको लागि बिक्री आह्वान गरेको हो ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही वैशाख २२ गते र ढिलोमा यही वैशाख ३० गते बन्द हुने छ ।