काठमाडौं । वैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गर्नको लागि कम्पनीले यही वैशाख २१ गते सोमबार विशेष साधारणसभा बोलाएको छ ।
कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो । सभाले कम्पनीले प्रारम्भिक विशेष सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने र सञ्चालकको सेवा सुविधा निर्धारण गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ । कम्पनीको साधारणसभाबाट साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएपछि धितोपत्र बोर्डमा निवेदन दिने लगायतका थप प्रक्रियाहरू अघि बढ्ने छ ।