काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । बैंकका हालका प्रमुख कार्यकारी अधिकृत प्रद्रयुमन पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तमा समाप्त हुन लागेपछि बैकले मानन्धकरलाई नयाँ प्रमुख कार्यकारीको पदमा नियुक्त गरेको हो ।
बैंकको सञ्चालक समितिको तीन सय ७१औं बैठकले स्याङ्जा जिल्ला हरिनास गाउँपालिकाका स्थायी बासिन्दा तथा हाल टोखा नगरपालिका–३ निवासी मानन्धरलाई २०८३ जेठ १ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । मानन्धर हाल डिसहोममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा कार्यरत रहेका छन् ।