काठमाडौं । माइडिया एक्ट्रिम प्लस इन्भर्टर एसी नेपाली बजारमा आएको छ । कलाकार राजेश हमालले एसीको राजधानीमा एक कार्यक्रमका बीच नेपालमा सार्वजानिक गरेका हुन् ।
नयाँ माइडिया एक्ट्रिम प्लस एसीले अत्याधुनिक डिसी इनभर्टर प्रविधि र एआई शक्ति भएको प्रदर्शन अनुकूलन प्रणालीलाई मिलाएर तयार गरिएको जनाइएको छ । यो एसी चिसो र तातो दुवैका लागि डिजाइन गरिएको छ । यसले आरामदायी तापक्रम दिनका साथै ऊर्जा बचत र प्रदर्शन सुधारमा पनि सहयोग गर्ने जनाइएको छ । ‘यसको मुख्य विशेषता यसको एआई शक्ति भएको ऊर्जा अनुकूलन प्रणाली हो, जुन ठूलो मात्रामा सञ्चालित डाटा प्रयोग गरेर काम गर्छ’ कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो प्रणालीले अनुकूल प्रयोग अवस्थामा ७५ प्रतिशतसम्म ऊर्जा बचत गर्न मद्दत गर्न सक्छ । प्रयोगकर्ताले माइडिया स्मार्ट होम एपमार्फत वास्तविक समयमै बिजुली खर्च ट्र्याक गर्न सक्ने भएकाले प्रभावकारी प्रयोग सुनिश्चित हुने जनाइएको छ । यो एसीले स्मार्ट कनेक्टिभिटी सुविधा पनि समर्थन गर्छ । यसले प्रयोगकर्तालाई स्मार्टफोन, ट्याब्लेट, स्मार्ट स्पिकर र स्मार्टवाचमार्फत सेटिङ नियन्त्रण गर्न अनुमति दिन्छ । प्री–कुलिङ, तापक्रम समायोजन, र भ्वाइस कन्ट्रोलजस्ता सुविधाले प्रयोगमा सजिलो र अनुभवलाई अझ राम्रो बनाउँछ ।
नेपालको विविध वातावरणलाई ध्यानमा राखेर निर्माण गरिएको माइडिया एक्ट्रिम प्लस इन्भर्टर एसी अत्यधिक तापक्रम ५५ डिग्री सेल्सियससम्म पनि भरपर्दो रूपमा सञ्चालन गर्न सकिन्छ । यसमा ९० भोल्टेजदेखि २६५ भोल्टेज रेन्ज छ । साथै, यो एसीमा एयर म्याजिक टेक्नोलोजी छ, जुन माइडिया ग्रुपको पेटेन्टेड नवप्रवर्तन हो । नेपालमा २० वर्षभन्दा बढी समयदेखि उपस्थित रहेको माइडियाले विश्वसनीयता र नवप्रवर्तनमा बलियो प्रतिष्ठा बनाएको छ । माइडियाले नयाँ उत्पादनमार्फत आधुनिक जीवनशैलीअनुसार स्मार्ट र शक्तिशाली कूलिङ समाधान उपलब्ध गराउने लक्ष्य राखेको जनाइएको छ ।