काठमाडौं । यामाहा नेपालको ‘ब्लु कोड नयाँ वर्ष योजना’अन्तर्गत उमेश थापा मगरले पाँच लाख रुपैयाँ नगद जितेका छन् ।
एमएडब्लू राइड्स प्रालिमार्फत् भृकुटीमण्डपमा भएको यामाहा ब्लु फेस्टमा प्रमुख विजेताको नाम घोषणा गरिएको हो । भ्याली रोड मोटर्स प्रालिमार्फत फाइनान्स तथा एक्सचेन्ज सेगमेन्टअन्तर्गत रेजेडआर १२५ एफआई हाईसव्रिड खरिद गरेका मगरले पाँच लाख रुपैयाँ बम्पर पुरस्कार जितेका हुन् । फेस्टमा अन्य विजेताहरु पनि घोषणा गरिएका छन् । नबिना शर्माले एक लाख रुपैयाँ, अरविन्द गुप्ताले ५५ हजार रुपैयाँ र आवाश चौधरीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसका साथै, अन्य धेरै ग्राहकहरूले पनि यस योजनाअन्तर्गत आकर्षक पुरस्कारहरू जितेका छन् । फेस्टमा मोटरसाइकल खरिदकर्ताहरूले पाँच लाख रुपैयाँसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज ईएमआई सुविधा तथा अन–द–स्पट फाइनान्सिङ सेवा पाएका थिए । साथै ५० भन्दा बढी रिकन हाउसहरूले एक्सचेन्ज कार्निभलमा पुराना मोटरसाइकलहरूको प्रतिस्पर्धात्मक र पारदर्शी मूल्याड्ढन गरे । अफरहरूका अलावा कार्यक्रममा राइडर तथा कन्टेन्ट क्रिएटरहरूसँग भेटघाट, कोसप्ले प्रदर्शन तथा आकर्षक गिभअवेजस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो ।