काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) की सदस्य बसु माया तामाङ प्रतिनिधिसभा सदस्य भएकोमा सम्मान गरिएको छ ।

संघका अध्यक्ष सञ्जय अग्रवालले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी तामाङलाई सम्मान गरेको बताए । तामाङले व्यावसायिक समुदाय तथा सामाजिक विकासमा नेतृत्व र सक्रिय योगदान गरेको उनले बताए । तामाङले आफ्नो नयाँ भूमिकामा अर्थपूर्ण योगदान पुर्याउने संघले विश्वास लिएको छ ।