काठमाडौं । सेयर बजार परिसुचक नेप्से तथा कारोबार रकम दुबै खुम्चिएको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसुचक १३ दशमलव १७ अंकले ओरालो लागेर २८ सय २५ दशमलव २३ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ७१ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४९ वटा कम्पनीहरुको एक लाख १६ हजार तीन सय १० पटक शेयर कारोबार भएको छ । जसबकाट एक करोड १६ लाख ५३ हजार तीन सय ७० कित्ता शेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार दुई सय ७६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक बढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।