काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आज वैशाख ७ गते सोमबार बिहान सेयर बाँडफाँट गरेको हो । कम्पनीले गत चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि छ लाख ८४ हजार सात सय ५० कित्ता सेयर निष्कासन गरेको थियो । उक्त सेयरमा कुल २७ लाख ८४ हजार पाँच सय १९ जनाको आवेदन परेकोमा २६ लाख ३५ हजार छ सय ३४ जनाको आवेदनमात्र योग्य ठहरिएको थियो ।