काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले इमाडोल, ललितपुरमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रालिद्वारा सञ्चालन हुने उक्त सोरुमको हालै औपचारिकरूपमा उद्घाटन गरिएको हो ।
मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर अभ्यास तिवारीले सोरुमको औपचारिक उद्घाटन गरेका थिए । सोरुम सञ्चालनले ललितपुर तथा आसपासका ग्राहकहरूलाई विश्वस्तरीय टायल समाधानहरू नजिक ल्याउने नयाँ अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।
कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर, अभ्यास तिवारीले उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित स्थानहरूको माग बढ्दै गइरहेको अवस्थामा यो सोरुम केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधानहरू अनुभव गर्न सक्ने गन्तव्यका रूपमा परिकल्पना गरिएको बताए । नयाँ सोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सको विस्तृत संग्रह प्रस्तुत गरिएको छ, यसमा आधुनिक डिजाइन, आकर्षक फिनिस तथा उच्च प्रदर्शनयुक्त समाधानहरू समावेश छन्, जुन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताहरूअनुरूप तयार गरिएको छ ।