काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले खुम्चिएको छ । अघिल्लो दिन १३ दशमलव १७ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार १७ दशमलव ९१ अंकले ओरालो लागेर २८ सय सात दशमलव ३१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य सात अंकले ओरालो लागेर चार सय ७० दशमलव ६३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४७ वटा कम्पनीहरुको ९५ हजार आठ सय पटकको कारोबारमा एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार आठ सय ७९ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकाछन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक बढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।