काठमाडौँ । भक्तपुर औद्योगिक महोत्सवमा ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजना भएको ‘१०औँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’मा उक्त कारोबार भएको हो ।
चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिव १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरेको अध्यक्ष महतले बताए । महोत्सवमा स्थानीय उत्पादन, हस्तकलाका सामाग्री समेत राखिएको थियो । महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू थिए । दैनिक रुपमा चर्चित कलाकारहरूले सांगीतक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई छ ।
महोत्सवको समापन समारोहमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने बताए । रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजारीकरणमा गर्न समेत टेवा पुग्ने उनको विश्वास छ । भक्तपुर जिल्ला र सूर्यविनायक नरगपालपालिकाको साँस्कृतिक तथा पर्यटकिय गतिविधीलाई बढाउने महोत्सवलाई नरगपालिकाले सधै साथ दिने उनले बताए ।
महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, औद्योगिक उत्पादन, काष्ठकला, माटाका भाँडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रबिधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी तथा बिक्री लागि राखिएको थियो । महोत्सवमा नृत्य प्रतियोगीता समेत आयोजना गरिएको थियो । प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरिन् । रेम्बो तामाङ र रेविका लामाले सान्तवना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् ।