काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरूको क्षमता वृद्धि तालिमसहित मनोरञ्जनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा वैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिवृद्धि तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइँले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले व्यवसायीक जीवनमा सफल अभिकर्ताहरूलाई अझ प्रखर बनाउन यस किसिमका क्षमता अभिवृद्धि कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । मनोरञ्जनले जीवनका लागि ऊर्जाका रूपमा काम गर्छ, त्यसैले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ज्ञान र मनोरञ्जनलाई सँगै लाँदै आएको छ, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले थपे । कम्पनीमा आवद्ध एक सय पचास जनाभन्दा बढि अभिकर्ता लिडरहरूको उपस्थिति रहेको कार्यक्रममा अन्तराष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाको बीमा बिक्री कला र व्यवसायीक क्षमता अभिवृद्धि सेसन रहेको थियो । व्यवहारी बिक्री कला सेसनले कार्यक्रमलाई थप ऊर्जा तथा हौसला प्रदान गरेको थियो ।
कार्यक्रमको अर्को आकर्षण प्रसिद्ध कलाकार त्रय चक्र दवाडी, सुबोध गौतम र सीता न्यौपानेको प्रस्तुती रहेको थियो । कलाकारत्रयले अभिकर्ता लिडरहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कम्पनीले अभिकर्ताहरूलाई निरन्तर रूपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।