काठमाडौं, पुस १०
सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । १७ औं वार्षिकोत्सव अर्थात् पौष ९ गते, बुधबारलाई लक्षित गरी पौष ९ गतेदेखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।
योजनाअन्तर्गत दराजमा कार्डमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म अर्थात् अधिकतम पाँच सय सय रूपैयाँ छुट, पहिलो दुई पटक पाँच सय वा सोभन्दा बढी रकमको अनलाइन कारोबार गर्दा पाँच सय रूपैयाँ क्यासब्याक, पहिलो दुई पटक पाँच सय वा सोभन्दा बढी रकमको पस मेसिनमार्फत कारोबार गर्दा तीन सय ८२ रूपैयाँ क्यासब्याक, एक महिनाभित्र कम्तीमा तीन पटक गरी कुल १५ हजार रूपैयाँको पस मेसिनमार्फत कारोबार गर्दा एक हजार रूपैयाँ क्यासब्याक र बैंक स्मार्टमार्फत पहिलो पटक अधिकतम पाँच सय रूपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यासब्याक दिने योजना सार्वजनिक गरेको हो ।
बैंकले देशभर एक सय ७६ वटा शाखा (चारवटा एक्स्टेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९५ एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय र सहज बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
सिद्धार्थ बैंकको मुर्लीचोक शाखा उद्घाटन :- सिद्धार्थ बैंकले र वीरगञ्ज अवस्थित मुर्लीचोक शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेशकुमार केडियाबाट संयुक्तरूपमा भएको थियोे ।
बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर एक सय ७५ वटा शाखा (चारवटा एक्स्टेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९५ एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।