ढाका । इन्धन आयातमा निर्भर बंगलादेशमा इन्धनको सिमित ढुवानी हुँदा देखिएको अभावसँगै पेट्रोल पम्प र ग्यास डिपोहरूमा लामो लाइन लाग्न थालेको छ । मध्यपूर्व युद्धका कारण इन्धन आपूर्तिमा विश्वव्यापी समस्या आएको छ । बङ्लादेश पनि यस समस्यासँग जुधिरहेको छ । इन्धन आपूर्तिमा कमी आएका कारण डिपोहरूले माग बमोजिम इन्धन आपूर्ति गर्न नसक्दा यसको प्रभाव सार्वजनिक यातायातका साधन र सर्वसाधारणमा समेत पर्न थालेको छ ।
इन्धन संकटका कारण सेवाग्राही पेट्रोल, डिजेल, ग्यासलगायतका वस्तु खरिदका लागि लामो समय (घण्टौँ)सम्म लाइनमा बस्नुपर्ने बाध्यता आएको छ । आफ्नो पहिलो नाम मात्र उल्लेख गर्ने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको ग्यास स्टेसनमा पर्खिरहेका थिए ।
गोपनीयताको कारण आफ्नो पहिलो नाम मात्र बताउने ४३ वर्षीय चालक शमसुद्दिन मध्यरातदेखि ढाकाको पेट्रोल डिपोमा पर्खिरहेका थिए ।
‘छ घण्टा पछि अन्तमा मैले इन्धन पाएको छु’, उनले भने । अहिले बिहानको अदालतको सुनुवाइको लागि आफ्नो मालिक (एक वकिल) लाई कार्यालयमा पुर्याउनुपर्छ । आराम गर्ने समय नै छैन । ‘म अब दिनभर व्यस्त रहनेछु’, रातभर निदाउन नसकिएपछि आँखा रातो भएको र भारी भएका उनले एएफपीसँग बताए । उनले पेट्रोल भरेर जाँदा सयौँ थकित मोटरसाइकल चालकहरू अझै पनि लाइनमा थिए, ग्यास स्टेशनबाट लगभग १.५ किलोमिटर (लगभग एक माइल) लामो लाइन थियो । कोही आफ्नो अचल गाडीमा सुतेका देखिन्थ्यो ।