काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री बालेन शाहलाई राजीनामा बुझाएका छन् ।

विवादित व्यवसायीसँग साझेदार रहेको देखिएपछि उनले नैतिकताको आधारमा बुधबार राजीनामा दिएका हुन् । आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको गुरुङले बताएका छन् ।