विराटनगर । बजार क्षेत्रको फुटपाथ अतिक्रमण शुक्रबार बिहानबाट विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले हटाउन सुरु गरेका छन् ।
नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीले शुक्रबारबाट बजार क्षेत्रको फुटपाथमा राखिएका सामग्री हटाउने अभियान सुरु गरेका हुन् । यसअघि महानगरले व्यवसायी र सर्वसाधारणलाई दुई दिनसम्म माइकिङ गरेर सचेत गराएको थियो ।
सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान राख्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न निषेध गर्नुका साथै महानगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह गरेको छ ।