काठमाडौं । शेयर बजार परिसुचक नेप्से झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन १७ दशमलव शुन्य एक अंकले घटेको नेप्से आज शुक्रबार एक दशमलव ५४ अंकले उकालो लागेर २७ सय ८८ दशमलव ७० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव २० अंकले ओरालो लागेर चार सय ६८ दशमलव शुन्य सात बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५१ वटा कम्पनीहरुको ७५ हजार दुई सय २९ पटकको कारोबारमा एक करोड २१ लाख ७४ हजार पाँच सय १६ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार सात सय २७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समुहको सुचक बढेका छन् भने फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक घटेका छन् ।