काठमाडौं, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विवादास्पद सेयर कारोबारी दीपक भट्ट पक्राउ परेसँगै उनको व्यावसायिक साझेदारको रूपमा को–को रहेका थिए भन्ने थप तथ्यहरू सार्वजनिक हुन थालेको छ । केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानको क्रममा भट्टको व्यवसायी साझेदार रहेको खुलेपछि हिमालयन रि–इन्स्योरेन्स कम्पनीका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ समेतका पूर्वअध्यक्ष शेखर गोल्छालाई पक्राउ गरेसँगै भट्टको व्यावसायिक साझेदारहरूको बारेमा थप तथ्य उजागर हुन थालेको हो ।
अनुसार अहिलेसम्म भट्टको व्यावसायिक साझेदारको रूपमा दुई दर्जनभन्दा बढी व्यक्ति तथा संस्थाहरू देखिएका छन् । अहिलेसम्म देखिएका भट्टका व्यावसायिक साझेदारहरूमा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, दिपक भट्टकी पत्नी आयुष्मा नेपाल भट्ट, हिमालयन रि–इन्स्योरेन्सकी प्रमोटर भवानी राणा, हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै प्रमोटर विकास राणा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, बीमा प्राधिकरणका महेश बराल, भृकुटी स्टक ब्रोकिङका पूर्वप्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै प्रमोटर पशुपति मुर्रारका, हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै प्रमोटर पवल गोल्यान, हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै प्रमोटर राजेन्द्र खेतान, हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै प्रमोटर राजेश अग्रवाल, नियमनकारी निकायका सहजकर्ता राजेश्वर ज्ञवाली, लक्की ग्रुपका ऋषिराज मोर, सहजकर्ता रितेश शाक्य रहेका छन् ।
यसैगरी रमेश कर्पका रोहित गुप्ता, शंकर ग्रुपका शाहिल अग्रवाल, भृकुटी स्टक ब्रोकिङका सन्दीप चाचन, धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठ, हिमालयन रि–इन्स्योरेन्सका सतिश मोर, शंकर र जगदम्बा ग्रुपका शंकर लाल अग्रवाल, एमएस ग्रुपका शसिकान्त अग्रवाल, शंकर र जगदम्बा ग्रुपका शुलभ अग्रवाल, बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य सिलवाल, शुसिल कोइराला, शंकर ग्रुपकी शुभी अग्रवाल, हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, हिमालयन रि–इन्स्योरेन्स कम्पनीका प्रमोटर बिकास दुगड र बिवेक दुगड बिवादास्पद व्यवसायी भट्टको व्यवसायी साझेदार रहेको खुलेको छ ।
