काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १९ करोड ६८ लाख २७ कित्ता साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यसअघि लकडाउनका कारण स्थगित भएको साधारण सेयरको यही भदौ ३१ गतेबाट बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् नुुवाकोट र म्याग्दीका स्थानीयवासीहरूको लागि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा असोज १४ गते र ढिलोमा असोज २९ गते बन्द हुुनेछ ।