काठमाडौं,डॉ. शेखर कोइराला ले देशको समसामयिक राजनीतिक अवस्था तथा नेपाली कांग्रेस को वर्तमान अवस्थाबारे बुद्धिजीवी तथा पार्टी नेताहरूसँग छलफल गरेका छन्।बिशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा आयोजित उक्त छलफल दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको थियो। छलफलमा विभिन्न क्षेत्रका बुद्धिजीवीहरू सहभागी भई देशको राजनीतिक दिशा, पार्टीको भूमिका र सुधारका आवश्यकताबारे धारणा राखेका थिए। कार्यक्रममा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा। दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल तथा जेनेरेशन ‘जेड’ का युवा अभिजित अधिकारी र करिना पुरी लगायतको उपस्थिति रहेको थियो। त्यस्तै, छलफलमा डॉ। शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डॉ. मिनेन्द्र रिजाल र डॉ. गोविन्दराज पोख्रेल लगायत नेताहरूको पनि सहभागिता रहेको थियो। छलफलमा देशको वर्तमान राजनीतिक परिदृश्य, कांग्रेसको संगठनात्मक अवस्था तथा आगामी रणनीतिबारे विचार आदानप्रदान भएको बताइएको छ।