काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर कम्पनीले साधारण सेयर बिक्रीको आहृवान गरेको छ । कम्पनीले यही वैशाख २३ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २५ करोड १५ लाख ४५ हजार पाँच सय रुपैयाँ बराबरको २५ लाख १५ हजार चार सय ५५ कित्ता साधारण सेयर बिक्रीको आहृवान गरेको हो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ छ गते बन्द हुने छ ।