काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ६९ हजार कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको हो ।
संस्थाका अनुसार सेयरको प्रतिकित्ता न्यूनतम मूल्य चार सय ४५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिने संस्थाले जानकारी दिएको छ ।
संस्थाका अनुसार बोलपत्र वैशाख १० गते बिहीबारबाट सुरु भई वैशाख २१ गते बैंकिङ्ग समयभित्र पेश गरिसक्नुपर्ने छ । बोलपत्र फाराम काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालयमा प्राप्त गर्न र बुझाउन सकिने संस्थाले जानकारी दिएको छ ।