काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६२ करोड ९४ लाख ६२ हजार तीन सय ९९ रुपैैंयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३२ करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ३० करोड ६६ लाख ११ हजार आठ सय ४१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ६५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासमा ६४ अर्ब ४९ करोड आठ लाख ७६ हजार दुई सय ६४ रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९६ करोड ८९ लाख ९८ हजार ७९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा दुई अर्ब नौ करोड ४५ लाख २७ हजार दुई सय ९८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा सात दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ६० अर्ब ४८ करोड २५ लाख ३० हजार एक सय ९२ रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब २३ करोड ६० लाख ५१ हजार दुई सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८० करोड नौं लाख ९७ हजार आठ सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।