काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार परिसुचक नेप्से सात दशमलव ७३ अंकले उकालो लागेर २७ सय ९६ दशमलव ४३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले उकालो लागेर चार सय ६९ दशमलव ७२ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५१ वटा कम्पनीहरुको ८१ हजार छ पटकको कारोबारमा एक करोड नौं लाख २८ हजार छ सय १७ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७४ करोड ८८ लाख नौं हजार एक सय २७ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक र लघुवित्त उपसमुहको सुचक उकालो लागेका छन् ।