काठमाडौं । नेपाल बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७९ करोड २९ लाख ८१ हजार नौ सय २२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा दुई अर्ब ७६ करोड ३४ लाख ९४ हजार छ सय ८३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार नौ सय २८ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासम तीन खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख चार हजार सात सय ७१ रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख पाँच हजार नौ सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात अर्ब ३१ करोड ३२ लाख पाँच हजार आठ सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।