काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी कञ्चन सापकोटाले पाएकी छन् । आइतबार बसेको सीडीएससीको सञ्चालक समिति बैठकले प्रवीण पन्दाकलाई पदबाट हटाउने निर्णय स्वीकृत गरेको थियो । सोही बैठकले सापकोटालाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्सेले जानकारी दिएको छ ।