काठमाडौं । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुका लागि सहज र आकर्षक शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।
यो सम्झौताअन्तर्गत, बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरुमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा उपभोग गर्न सक्नेछन् । यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यपटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिने छ । यस पहलले उच्च मूल्यका सामग्रीहरुलाई थप सहज र पहुँचयोग्य बनाउँदै, ग्राहकहरुलाई विनाब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ । यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकले हाल देशका सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालय तथा एक सय २७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।