काठमाडौं । शेयर बजार परिसुचक नेप्से खुम्चिएको छ । अघिल्लो दिन सात दशमलव ७३ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार २६ दशमलव १६ अंकले ओरालो लागेर २७ सय ७० दशमलव २६ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले ओरालो लागेर चार सय ६७ दशमलव ५७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४९ वटा कम्पनीहरुको एक लाख ५१ हजार तीन सय ५४ पटकको कारोबारमा एक करोड ४० लाख १८ हजार नौं सय २० कित्ता शेयर किनबेच भएका छन भने कुल कारोबार रकम छ अर्ब ५३ करोड १७ लाख २३ हजार दुई सय २६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा अन्य उपसमुहको सुचक बढेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक खुुम्चिएका छन् ।