काठमाडौं । मल्टीपर्पस फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५३ लाख २३ हजार सात सय ७२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा दुई करोड १६ लाख ४७ हजार चार सय १९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा तीन अर्ब ६४ करोड ९६ लाख १७ हजार १५ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १५ करोड ४८ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ३१ लाख ५५ हजार छ सय छ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले तीन अर्ब १७ करोड २७ लाख ३९ हजार पाँच सय ५४ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८८ करोड ८१ लाख २५ हजार नौ सय ८१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ४८ लाख ९४ हजार पाँच सय ५४ रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा पाँच दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।