काठमाडौं । एभरेष्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले तीन अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासमा तीन खर्ब दुई अर्ब ४३ करोड ३४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५० अर्ब ८७ करोड ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ८३ करोड ३४ लाख ७० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले दुई अर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १३ अर्ब ८३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।