काठमाडौं । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पु¥याई विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन् । उनी काठमाडौंको पुरानो बानेश्वरबाट पक्राउ परेका हुन् ।
यो प्रकरणमा हालसम्म १० जना निर्माण व्यवसायीसहित १३ जना पक्राउ परिसकेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुविरुद्ध अनुसन्धान अगाडि बढाइएको उनको भनाइ छ । ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको उनीहरुमाथि आरोप छ ।
पक्राउ परेकाविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ ।