काठमाडौं । बैंकहरूको खुद मुनाफा आधा खर्ब नजिक पुगेको छ । वाणिज्य बैंकहरूले मंगलबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
यसअनुसार २० वटा बैंकहरूले चालू आवको चैत मसान्तसम्ममा कुल ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १९ दशमलव ३० प्रतिशत अर्थात् सात अर्ब ९६ करोड ११ लाख दुई हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासिक अवधिमा कुमारी, राष्ट्रिय वाणिज्य बैंक, हिमालयनसहितका १३ वटा बैंकहरूको खुद मुनाफा बढ्दा ग्लोबल आईएमई, एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको खुद मुनाफामा केही संकुचन देखिएको छ । यस अवधिमा सबैभन्दा बढी नाफा भने नबिल बैंकले कमाएको छ । नबिलले छ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा बढी नाफा कमाउनेमा दोस्रो स्थानमा परेको ग्लोबल आईएमईले चार अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा यी दुई बैंकहरूले क्रमशः पाँच अर्ब ५१ करोड १९ हजार र चार अर्ब ५३ करोड ४० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । कुमारी, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः चार अर्ब १७ करोड ८० लाख ४८ हजार, तीन अर्ब ३२ करोड ९३ लाख १६ हजार र तीन अर्ब १७ करोड ९८ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः २८ करोड ६८ लाख २३ हजार, तीन अर्ब ४५ करोड ७६ लाख ३६ हजार र चार अर्ब ८० करोड ५५ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्राइम कमर्सियल, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः तीन अर्ब आठ करोड ९३ लाख ३५ हजार, दुई अर्ब ७९ करोड २९ लाख ८१ हजार र दुई अर्ब ७६ करोड २० लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई अर्ब २२ करोड ९३ लाख चार हजार, दुई अर्ब ७६ करोड ३४ लाख ९४ हजार र एक अर्ब २० करोड ४३ लाख ७० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
एनएमबी, सानिमा र स्टान्डर्ड चार्टर्ड बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः दुई अर्ब ६८ करोड ७७ लाख ८५ हजार, दुई अर्ब ३५ करोड २० लाख दुई हजार र दुई अर्ब आठ करोड १६ लाख २१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः दुई अर्ब ३७ करोड ३२ लाख ८९ हजार, एक अर्ब ६५ करोड २४ लाख ७६ हजार र दुई अर्ब १७ करोड ३७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए । लक्ष्मी सनराइज, सिद्धार्थ र माछापुच्छे« बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः दुई अर्ब तीन करोड ८१ लाख ८४ हजार, दुई अर्ब एक करोड ४८ लाख ५५ हजार र एक अर्ब ६५ करोड ८६ लाख ५९ रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ६५ करोड २१ लाख ६३ हजार, एक अर्ब ६६ करोड ८२ लाख ६० हजार र एक अर्ब १० करोड २६ लाख २७ रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको तेस्रो त्रैमासिक अवधिमा नेपाल एसबीआई, कृषि विकास र सिटिजन्स बैंकले पनि क्रमशः एक अर्ब ४६ करोड १७ लाख ८५ हजार, एक अर्ब ३९ करोड ३९ लाख ७३ हजार र एक अर्ब ३० करोड ६४ लाख ६१ रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब २० करोड ३२ लाख ६१ हजार, एक अर्ब ८४ करोड ४३ लाख ६० हजार र ९६ करोड १८ लाख ९३ रुपैयाँ खुद मुनाफा कमाएका थिए । प्रभु, हिमालयन र एनआईसी एसिया बैंकले पनि चालू आवको तेस्रो त्रैमासमा क्रमशः ८५ करोड १५ लाख २३ हजार, ७६ करोड २५ लाख ३६ हजार र १४ करोड तीन लाख २४ रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः एक अर्ब ८७ करोड ६० लाख ६० हजार, ५० करोड ४८ हजार र १५ करोड ६७ लाख ७५ रुपैयाँ खुद मुनाफा कमाएका थिए ।