काठमाडौँ । किस्ट अस्पतालमा उपचाररत उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छिन् ।

उपसभामुख ठाकुर बिहीबार घर फर्किएकी उनकी स्वकीय सचिव तारा राईले जानकारी दिइन् । उपसभामुख ठाकुर मधुमेहको समस्या देखिपछि बुधबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई चिकित्सकले घरमै आराम गर्न सल्लाह दिएका छन् ।