काठमाडौं । एभरेस्ट कलर लिमिटेडले साधारण सेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले वैशाख १६ गते बुधबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशतले हुन आउने सात करोड ९० लाख रुपैयाँ बराबरको सात लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्नको लागि अनुमति पाएको थियो । जसमध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा सात हजार कित्तासम्म सेयर खरिदको लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री छिटोमा यही वैशाख २२ गतेसम्म र ढिलोमा वैशाख ३० गतेसम्म आवेदन दिन सकिने छ ।