काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन २५ दशमलव ८१ अंकले ओरालो लागेको नेप्से परिसुचक आज बिहिबार पुन पाँच दशमलव ७३ अंकले ओरालो लागेर २७ सय ३८ दशमलव ७२ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य सात अंकले ओरालो लागेर चार सय ६४ दशमलव ४३ बिन्दुमा झरेको छ । धितोपत्र बजारमा आज तीन सय ४६ वटा कम्पनीहरुको ८० हजार चार सय २७ पटकको कारोबारमा एक करोड नौ. लाख ८८ हजार सात सय ८३ कित्ता शेयर खरिद बिक्री भएका छन । जसबाट आज कुल कारोबार रकम चार अर्ब ९१ करोड ६६ लाख २६ हजार आठ सय ४८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्यउे बाँणिज्य बैंक उपसमुहको सुचक शुन्य दशमलव ३१ अंकले उकालो लागेर १४ सय ३४ दशमलव ३२ बिन्दुमा चढेकोमा उत्पादनमुलक उपसमुहको सुचक ९६ दशमलव १२ बिन्दुले उकालो लागेको छ । यि बाहेक बिकास बैंक उपसमुहको सुचक २८ दशमलव ९४ अंकले ओरालो लागेर पाँच हजार नौं सय ५३ दशमलव ४९ बिन्दुमा झरेकोमा फाईनान्स उपसमुहको सुचक पनि चार दशमलव ७८ अंकले ओरालो लागेर २३ सय ५७ दशमलव ४८ बिन्दुमा झरेको छ । जलबिद्युत उपसमुहको सुचक पनि १५ दशमलव ६३ अंकले ओरालो लागेर ३८ सय ४९ दशमलव ४२ बिन्दुमा खुम्चिंदा जीवन बीमा उपसमुहको सुचक पनि ३२ दशमलव ८६ अंकले ओरालो लागेर १२ हजार चार सय एक दशमलव २१ बिन्दुमा खुम्चिएको छ ।निर्जीवन बीमा उपसमुहको सुचक पनि दुई दशमलव ९८ अंकले ओरालो लागेर १० हजार सात सय ३० दशमलव ९८ बिन्दुमा खुम्चिंदा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक पनि क्रमशः तीन दशमलव ७४, शुन्य दशमलव ४३, १६ दशमलव ४१, शुन्य दशमलव ११, १९ दशमलव ५० र २४ दशमलव सात बिन्दुले खुम्चिएका छन् ।
यसदिन बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिखर पावर डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी रिलायन्स स्पीनिङ मिल्स लिमिटेड बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा पहिलो स्थानमा परेको छ ।