काठमाडौं। आठपटक ट्राफिक कारबाहीमा परेका प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने भएको छ । पहिलो पटक ट्राफिक कारबाहीमा पर्दा पाँच सय जरीवाना, दोस्रो पटक कारबाहीमा पर्दा एक हजार जरीवाना र तेस्रो पटक कारबाहीमा पर्दा १५ सय जरीवाना लगाउने गरेको छ । नगद जरीवानासँगै ट्राफिक क्लास पनि लिनुपर्ने व्यवस्था गरिएको र यही रुपले आठौं पटक कारबाही गरेपछि लाइसेन्स नै रद्द गर्ने व्यवस्था गरेको बताइएको छ ।