काठमाडौं ,राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले स्वीकृतिका लागि पठाएका ६ वटा अध्यादेशमध्ये सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।सरकारले विभिन्न कानुनी तथा नीतिगत व्यवस्थासम्बन्धी ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाएको थियो। तीमध्ये सहकारी क्षेत्रसँग सम्बन्धित पहिलो संशोधन अध्यादेशलाई राष्ट्रपति पौडेलले जारी गरेका हुन्। उक्त अध्यादेशमार्फत सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, नियमन प्रणालीलाई प्रभावकारी बनाउने तथा सहकारी संस्थाहरूको सुशासन सुदृढ गर्ने उद्देश्य राखिएको जनाइएको छ।सरकारले सहकारी क्षेत्रमा देखिएको अनियमितता, व्यवस्थापन कमजोरी र सदस्यहरूको हित संरक्षणलाई ध्यानमा राख्दै कानुनी सुधार आवश्यक रहेको भन्दै अध्यादेश ल्याएको हो। राष्ट्रपति कार्यालयका अनुसार बाँकी अध्यादेशहरू भने अझै अध्ययन तथा प्रक्रियामा रहेका छन्।