काठमाडौँ ।
नेपाल धितोपत्र बोर्डले सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई ३० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ । बोर्डले सोमबार उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा पाँच करोड ६२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ६२ लाख ६२ हजार रुपैयाँ र रहेको थियो ।