काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४८ करोड ३२ लाख ७७ हजार चार सय २५ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ५४ करोड ५० लाख ४० हजार दुई सय ११ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी चार अर्ब ९२ करोड ७१ लाख ७० हजार ७९ रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा चार अर्ब ७१ करोड ९८ लाख पाँच हजार तीन सय ४५ रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ६२ करोड ९९ लाख २६ हजार एक सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९६ करोड ४९ लाख ७७ हजार चार सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले चार अर्ब चार करोड आठ लाख ५९ हजार चार सय ४४ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ३० करोड १४ लाख ४७ हजार आठ सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३९ करोड ३४ लाख २२ हजार तीन सय ३२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ५५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।