काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले बिहीबार बिहान साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न गरेको हो ।
कम्पनीको साधारण सेयरमा कुल २७ लाख ६८ हजार सात सय ४३ जनाबाट आवेदन परेको थियो । जसमध्ये २७ लाख ३० हजार नौ सय ८७ जनाको आवेदन सदर भएको छ भने बाँकी आवेदकको आवेदन बदर भएको जनाइएको छ । मागभन्दा धेरै आवेदन परेकाले कम्पनीले गोलाप्रथाबाट सेयर बाँडफाँट गरेको हो । यसअनुसार तीन लाख ४७ हजार चार सय ९० जनाले न्यूनतम १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक भने सेयरबाट वञ्चित भएका छन् ।
कम्पनीले यही वैशाख तीन गतेदेखि वैशाख आठ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले ३४ लाख ७४ हजार नौ सय कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।