काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम राष्ट्रिय बीमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागि १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
यसबाट राष्ट्रिय बीमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यक्ता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनी लिमिटड बीचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ । बुधबारका नेपाल बैंककोे प्रधान कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंकको तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरेका हुन् ।
नेपालभर दुई सय ३१ वटा शाखा, दुई सय ४६ वटा एटीएम साथै ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बैंकले जानकारी दिएको छ । बैंकले छिटो छरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।