काठमाडौं । सामसङ नेपालले रेमिटमा बेनिफिट नामक योजना सार्वजानिक गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै कम्पनीले यो योजना ल्याएको हो ।
सामसङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत नेपालभरि रहेका रेमिट्यान्स–आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफरहरू प्रस्तुत गरिएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासव्याक, एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा र २४ महिनासम्मको ईएमआई सुविधा पाइनेछ । यी सुविधाहरूले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसङका प्रिमियम तथा गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
सामसङले आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रेनिक र त्रिवेनी व्यापार कम्पनीजस्ता प्रमुख साझेदारहरूसँग सहकाय गरेको छ । यसले देशभरिका ग्राहकहरूका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको छ ।