काठमाडौं । सरकारले कृषि क्षेत्रमा कर्जा घटाउदै गर्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यसको योगदान भने बढ्दो देखिएको छ । हाल जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी अर्थात् करिब २४ प्रतिशत छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कृषि, वन तथा मत्स्य क्षेत्रले २४ दशमलव शून्य तीन प्रतिशत योगदान पुराउने प्रारम्भिक अनुमान गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर एक दशमलव ५८ प्रतिशत रहने प्रारम्भिक अनुमान गर्रिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कृषि उत्पादनको समग्र प्रवृत्ति मध्यम वृद्धि देखिन्छ ।
तर धान उत्पादन चार दशमलव १६ प्रतिशतले ऋणात्मक हुने र मकै, गहुँ, कोदो, दलहन तथा औद्योगिक बालीहरूमा सामान्य मात्राको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी, पशुजन्य उत्पादनतर्फ मासु, अण्डा तथा माछा उत्पादनमा पनि सामान्य वृद्धि हुने अनुमान गरिएको छ । साथै, फलफुल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा अति न्यून मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा न्यून वृद्धि हुने अनुमान रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमहअलव शून्य पाँच प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर तीन दशमलव १० प्रतिशत कायम भएको थियो ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुरूप कृषि, वन तथा मत्स्य क्षेत्रको जीडीपीमा योगदान वृद्धिदर रहेको छ । तर सरकराले कृषि क्षेत्रमा कर्जा प्रवाह भने ऋणत्मक रहेको छ । साथै सरकारले ऋणत्मक नीति लिएको देखिन्छ । पछिल्लो समय सरकारले कतिपय क्षेत्रको कर्जा प्रवाहको न्यूनतम सीमा नै हटाइदिँदा कृषि कर्जाको न्यूनतम सीमा भने कम गरेको थियो । जसले गर्दा वाध्यकारी कर्जा प्रवाह र कृषिमा बढी प्रवाह गर्नुपर्ने बाध्यककारी व्यवस्थाबाट बैंक तथा वित्तीय संस्था मुक्त भएका थिए ।
चैत पहिलो साता राष्ट्र बैंकले कृषि क्षेत्रमा प्रवाह गरिने कर्जाको न्यूनतम सीमा १० प्रतिशत बनाएको थियो । कृषि क्षेत्रमा यसअघि २०८२ असारसम्म ११ प्रतिशत, २०८३ असारसम्म १२ प्रतिशत, २०८४ असारसम्म १३ प्रतिशत र २०८५ सम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था थियो । तर, २०८३ पछि कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जाप्रवाह गरे पुग्ने व्यवस्था गरिएको हो । एकातर्फ जीडीपीमा योगादान बढ्दै जानु अर्कोतर्फ कृषिजन्य सामग्रीको आयात बढी हुँदा व्यापार घाटा बढ्नु कारणले गर्दा कृषि क्षेत्रमा कर्जा प्रवाह बढी गरी उत्पादनमा वृद्धिदर गर्नुपर्नेमा सरकार उल्टो बाटोतर्फ हिँडेको जानकारहरू बताउँछन् । कृषिमा आत्मनिर्भर बन्नका लागि कृषिमा अध्ययन अनुसन्धान र उन्नत बीउ बीजन, प्रविधि समेत जोड्नुपर्ने अवस्थामा सरकारले कृषिमा कर्जा प्रवाह घटाउँदै लगेर कृषि उत्पादनलाई बढुवा दिने काम नगरेको जानकारहरू बताउँछन् ।
कृषि उपजमा मात्र मुलुक आत्मनिर्भर बने करिब साढे एक खर्ब व्यापार घाटा कम हुने भन्सार विभागका अधिकारीहरू बताउँछन् । उच्च आयात हुनेमा कृषिजन्य उपज रहेको विभागका अधिकारीहरूको भनाइ छ । स्याउ, लसुन, प्याज कराडौँको चीनबाट आयात गर्ने गरिएको विभागका निर्देशक किशोर बर्तौलाले जानकारी दिए । कृषिप्रधान मुलुक भने पनि कृषिजन्य सामग्रीको उच्च आयातका कारणले गर्दा व्यापार घाटा समेत बढेको विभागले जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतमसान्तसम्म एक खर्ब ३३ अर्ब १० करोडबराबरको कृषिजन्य सामग्री आयात भएको छ ।
आयात भएका सामग्रीमा दैनिक भान्समा प्रयोग हुने प्याज, लसुन, धनियाँदेखि लिएर फलफूललगायतका सामग्री रहेका छन् । जराको रूपमा फल्ने फलफूल तथा कन्दमुल समेत आयात गरिएको छ । विभागका अनुसार चैत मसान्तसम्म व्यापारघाटा १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । यो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रहेको थियो । कृषि उपजमा आत्मनिर्भर बने व्यापार घाटा समेत घटाउन सकिनेछ ।
त्यस्तै कार्यालयका अनुसार कृषि, वन तथा माछापालनपछि जीडीपी अर्थात् अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा, शिक्षा, सार्वजनिक प्रशासन सुरक्षा, घरजग्गा, यातायात तथा गोदाम, वित्तीय तथा बीमा, निर्माण र उद्योगको योगदान बढी रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४ दशमलव शून्य नौ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर चार दशमलव ५१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को तुलनामा व्यापारजन्य वस्तुहरूको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर तीन दशमलव ८८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–०.३१ प्रतिशत) कायम भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा नौ दशमलव २२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर एक दशमलव ५० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा सरकारी शैक्षिक संस्थाका विद्यार्थी संख्या घटेको तथा निजि शैक्षिक संस्थाका विद्यार्थी न्यून मात्रामा वृद्धि भएको देखिएको र यस क्षेत्रमा सरकारी खर्चमा कमी आएका कारण कुल मूल्य अभिवृद्धिमा सामान्य मात्र वृद्धि हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर दुई दशमलव ३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर दुई दशमलव ९८ प्रतिशत कायम भएको छ । आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा आठ दशमलव शून्य सात प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ६९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर दुई दशमलव ७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर दुई दशमलव २० प्रतिशत कायम भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा सात दशमलव ९२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर शून्य दशमलव २३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । तीनवटै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षाअन्तर्गत गरेको खर्चमा भएको नगन्य मात्राको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर न्यून मात्रामा मात्र बढ्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर तीन प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर दुई दशमलव २५ प्रतिशत कायम भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा वित्तीय तथा बीमा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा छ दशमलव ७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर नौ दशमलव १६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमाशुल्क प्रिमियम कलेक्सनमा वृद्धि तथा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष तथा धितोपत्र कारोबार व्यावसायिक तथा मर्चेन्ट बैंकहरूको आयमा समेत वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर सात दशमलव ५५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर नौ दशमलव ९६ प्रतिशत कायम भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा यातायात तथा भण्डारण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा सात दशमलव २३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर पाँच दशमलव ७९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सवारीसाधनको आयात, आन्तरिक तथा विदेशी पर्यटकको वृद्धि साथै थोक तथा खुद्रा व्यापार क्षेत्रमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर सात दशमलव शून्य सात प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर १३ दशमलव ४३ प्रतिशत कायम भएको थियो ।
त्यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा पाँच दशमलव ५२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव २१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको आन्तरिक उत्पादनमा सामान्य वृद्धि रहेको देखिन्छ । सरकारी क्षेत्रबाट हुने पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन नसकेको कारण निर्माण क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसक्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर शून्य दशमलव ९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक (–२.२०%) कायम भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा विद्युत् तथा ग्यास क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा दुई दशमलव शून्य आठ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २० दशमलव ९३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । यस क्षेत्रमा नयाँ आयोजनाबाट विद्युत् उत्पादन भई विद्युत् उत्पादनको क्षमता वृद्धि हुनु, प्रसारण संरचनाको विस्तार हुनुका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १२ दशमलव ७१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार विद्युत् तथा ग्याँस क्षेत्रको वृद्धिदर ११ दशमलव ६१ प्रतिशत कायम भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.४० प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर एक दशमलव ९९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सेवा माग र आपुर्तिमा भइरहेको क्रमिक वृद्धिसँगै यस क्षेत्रको कुल मुल्य अभिवृद्धि पनि सामान्य रूपमा बढेको अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर दुई दशमलव शून्य पाँच प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको वृद्धिदर एक दशमलव २७ प्रतिशत कायम भएको थियो ।
त्यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा खानी तथा उत्खनन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ४३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । यो आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा तीन दशमलव ५२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा धनात्मक वृद्धि र खानी तथा उत्खनन् क्षेत्रको रोयल्टी संकलनमा आर्थिक वर्ष २०८१/८२ को तुलनामा सामान्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिमा पनि सामान्य सुधार हुने अनुमान रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.५२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको आन्तरिक उत्पादनमा सामान्य वृद्धि रहेको देखिन्छ । सरकारी क्षेत्रवाट हुने पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन नसकेको कारण निर्माण क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसक्ने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर शूनय दशमलव ९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक (–२.२०%) कायम भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा आवास तथा भोजन सेवा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा दु्ई दशमलव ४४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर तीन दशमलव १२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकहरूको वृद्धिले आर्थिक वर्ष २०८२/८३ मा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा आवास तथा भोजन सेवा क्षेत्रको वृद्धिदर २१ दशमलव शून्य प्रतिशत कायम भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा सूचना तथा सञ्चार क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा एक दशमलव ९३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर पाँच दशमलव ५३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्प्युटर प्रोग्रामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर चार दशमलव ८८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर चार दशमलव ९१ प्रतिशत कायम भएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ९५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर तीन दशमलव २७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धिसगै ति संस्थाहरूको संख्यामा भएको वृद्धिले गर्दा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर चार दशमलव शून्य तीन प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत कायम भएको थियो । त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ७४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर चार दशमलव ५२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा विदेशी तथा आन्तरिक पर्यटकहरूको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर तीन दशमलव ७३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको वृद्धिदर चार दशमलव ४८ प्रतिशत कायम भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य तथा सामाजिक कार्यसम्बन्धी क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा एक दशमलव ७८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर चार दशमलव ०४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।
त्यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उद्योग क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा पाँच दशमलव ७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ८३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर दुई दशमलव २७ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्ष यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–२.०२ प्रतिशत) कायम भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा अन्य सेवाका क्रियकालाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव ६५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको निरन्तर वृद्धिले यस क्षेत्रको उत्पादनमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर चार दशमलव शून्य छ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार उक्त वर्षमा अन्य सेवाका क्रियाकलाप क्षेत्रको वृद्धिदर पाँच दशमलव ४३ प्रतिशत कायम भएको छ ।