काठमाडौं । नेपाल धितोपत्र बोर्डसमक्ष एसियन कंक्रिटो लिमिटेडले साधारण सेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको छ । कम्पनीले कुल १० करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको १० लाख ६२ हजार पाँच सय कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति माग गरेको हो ।
यसअघि साधारणसभाबाट प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्ने प्रस्ताव पारित भए पनि कम्पनीले हाल अंकित मूल्यमा साधारण सेयर निष्काशन गर्नेगरी आवेदन दिएको हो । साधारण सेयर निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
एसियन कंक्रिटो लिमिटेडले आवासीय, व्यावसायिक, औद्योगिक तथा संस्थागत परियोजनाका लागि कंक्रिट इन्टरलकिङ पेभर्स, केर्बस्टोन, प्याभिङ स्ल्याब, कंक्रिट ब्रिक्स र होलो ब्लकजस्ता निर्माण सामग्री उत्पादन तथा आपूर्ति गर्दै आएको जानकारी दिएको छ । कम्पनीले आधुनिक प्रविधि र अभ्यास प्रयोग गरी उच्च गुणस्तरका ल्यान्डस्केपिङ उत्पादन उपलब्ध गराउँदै आएको छ ।