काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १४ करोड ८५ लाख ७५ हजार छ सय छ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड ९३ लाख ५५ हजार पाँच सय १४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ४८ करोड ६४ लाख दुई हजार पाँच सय रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा चार अर्ब ४७ करोड ७० लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५६ करोड ३० लाख ३६ हजार पाँच सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८३ करोड २३ लाख ११ हजार पाँच सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १८ दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ९८ करोड ८९ हजार आठ सय रुपैंयाँ निक्षेप संकलन गरी १४ अर्ब ७९ करोड ४२ लाख आठ हजार चार सय ४० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७३ करोड ८२ लाख १२ हजार छ सय ९६ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा नौ दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।