काठमाडौं । डिजिटल प्ल्याटफर्ममार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित अघि बढिरहेको ‘कभेक्स ग्लोबल’ले अंग्रेजी प्रशिक्षणमा आफ्नो छुट्टै मापदण्ड स्थापित गरी अगाडि बढेको छ । डिजिटल शिक्षाको माग बढ्दै जाँदा कभेक्स ग्लोबलले नवीनतम प्रविधि र व्यावहारिक अभ्यासमा आधारित सिकाइ पद्धतिबाट आफूलाई फरक रूपमा प्रस्तुत गरेको हो ।
संस्थाले विशेषगरी अंग्रेजी बोलचालमा आत्मविश्वास बढाउने लक्ष्यसहित तयार पारिएका कोर्सहरू सञ्चालन गर्दै आएको छ । परम्परागत व्याकरणमुखी शिक्षण शैलीभन्दा फरक संवाद, प्रस्तुति, समूह छलफल र अन्तरक्रियात्मक कक्षालाई प्राथमिकता दिने संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्याडस चौधरीले बताए । उनका अनुसार यहाँबाट केवल अंग्रेजी भाषा सिक्ने मात्र होइन, व्यावहारिक रूपमा प्रयोग गर्न सक्षम बनाइनेछ । भौतिक र अनलाइन दुवै सेवा दिइरहेको यस संस्थाले जुनसुकै स्थानबाट पनि कक्षामा सहभागी हुन सकिने वातावरण मिलाइएको छ । ‘अंगेजी बोल्न आउँछ, तर राम्रोसँग कुनै ठाउँमा आफ्नो प्रस्तुति दिन सकिँदैन भने हाम्रो प्ल्याटर्फम उपयोगी हुनसक्छ, हाम्रो कक्षामा स्कुल पढ्दै गरेकोलाई भन्दा पनि कलेज, व्यवसाय आदि ठाउँमा रही प्रोफेसनल करियर सुरु गर्नेहरूमा केन्द्रित छ’, उनले भने ।
चौधरिका अनुसार प्रशिक्षकहरूले विद्यार्थीको स्तरअनुसार व्यक्तिगत ध्यान दिँदै सिकाइ प्रक्रियालाई सहज बनाउने प्रयास गर्ने छन् । आफ्नो आवश्यकता र उद्देश्यअनुसार कोर्स छनौट गरी पढ्न सकिने व्यवस्था यहाँ रहेको चौधरीको भनाइ छ । ‘हामीले औसत शुल्क राखेर कोर्सको डिजाइन गरेका छौँ’, उनले भने । अनुभवी तथा दक्ष प्रशिक्षकहरूमार्फत व्यवहारिक अभ्यास, अन्तरक्रियात्मक तथा प्रमाणित प्रशिक्षण विधिहरू प्रयोग गर्दै सहभागीहरूलाई वास्तविक जीवनमा प्रयोग गर्न सकिने सीप विकासमा जोड दिएको चौधरीले बताए ।
अनलाइन सेवा समेत उपलब्ध रहेकाले देश–विदेशमा रहेका नेपालीहरूले सहज रूपमा सहभागी हुनसक्ने उनले बताए । अहिले रोजगार, विदेश अध्ययन तथा अन्तर्राष्ट्रिय अवसरका लागि अंग्रेजी भाषा अनिवार्यजस्तै बन्दै गएको छ । कभेक्स ग्लोबलले विशेषगरी विद्यार्थी, पेसाकर्मी र विदेश जाने तयारीमा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिरहेको चौधरीले बताए । सहभागीहरूले व्यावहारिक अभ्यास, समूह छलफल तथा प्रत्यक्ष प्रतिक्रियामार्फत सिक्ने अवसर पाउने भएकाले यसको लोकप्रियता बढ्दो छ ।