काठमाडौं । रामबहादुर बम्जनलाई सम्पत्ति शुद्धीकरण कसुरमा सर्लाही जिल्ला अदालतले सफाइ दिएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै बम्जनलाई सफाइ दिएको हो।यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको थियो। पक्राउका क्रममा ठूलो परिमाणमा नगद रकम बरामद भएपछि बम्जनमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको थियो।
यसैबीच, बम्जनमाथि बाल यौन दूराचार र मान्छे बेपत्ता पार्ने जस्ता गम्भीर आरोपहरू पनि लागेका थिए। बाल यौन दूराचारसम्बन्धी मुद्दामा भने उच्च अदालत जनकपुरले ६ चैत २०८१ मा उनलाई सफाइ दिएको थियो, जसपछि उनी कारागारबाट रिहा भएका थिए।उल्लेखनीय छ कि यसअघि सर्लाही जिल्ला अदालतले १७ असार २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो। उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन दिएका थिए। साथै, सिन्धुपाल्चोकस्थित आश्रमबाट एक अनुयायी बेपत्ता पारेको आरोप पनि उनीमाथि लाग्दै आएको छ, तर सो मुद्दा भने हालसम्म अदालतमा दर्ता भएको छैन।अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बम्जन लामो समयसम्म फरार रहेका थिए। उनलाई २४ पुस २०८० मा ऋक्ष्द्य ले बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।