काठमाडौँ । गृह सचिव राजकुमार श्रेष्ठले गृह मन्त्रालयमा सोमबार आयोजित विशेष कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

महानिरीक्षक पौडेललाई यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । यही वैशाख १८ गतेदेखि तत्कालीन महानिरीक्षक राजु अर्यालले अवकाश पाएका थिए ।