पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार दिउँसो १ः०० बजे बस्दैछ ।
केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
पार्टीले सुरु गरेको एकमहिने जरा अभियान, क्रियाशील सदस्यता अद्यावधिकबारे कार्यसम्पादन समितिको बैठकमा छलफल हुने जानकारी गराइएको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, आन्तरिक एकता र व्यवस्थापन विषयमा छलफल हुने उनले जानकारी दिए ।