काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुलाई ओम हस्पिटल एन्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल केडीसी एन्ड रिसर्च सेन्टरका विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापछि बैंकका ग्राहकहरूले ओम हस्पिटल एन्ड रिसर्च सेन्टर मा सिटी स्क्यान, एक्स–रेलगायत अन्य स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट पाउँनेछन् । त्यसैगरी कान्तिपुर डेन्टल हस्पिटल केडीसी एन्ड रिसर्च सेन्टरमा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ । उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका साथै पोखरा (कास्की), नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाहरूबाट समेत प्राप्त गर्न सकिने छ । बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ तथा डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा उल्लेखित दुवै हस्पिटलबाट सहज रूपमा छुट लिन सक्नेछन् ।
हाल देशभर एक सय २६ वटा शाखा कार्यालय, ५१ एटीएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब नौ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जानकारी बैंकले दिएको छ ।